
पोखरा । शितल ज्योति युवा क्लव पोखरा १२ को दशौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः नर प्रसाद गुरूङको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
क्लवको प्रथम उपाध्यक्षमा राजकुमार गुरूङ द्दितिय उपाध्यक्षमा मिन प्रसाद गुरूङ सचिवमा पुर्ण वहादुर गुरुङ सह–सचिवमा विमला गुरुङ कोषाध्यक्षमा पुर्ण प्रसाद गुरूङ सह–कोषाध्यक्षमा नविन गुरूङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा जुम वहादुर गुरूङ,अर्जुन गुरूङ, शशि मल्ल,सुनिल गुरूङ,दिपेन्द्र श्रेष्ठ,सोम गुरूङ,रहेका छन।
क्लवको मनोनीत सदस्यहरूमा पंच वहादुर गुरूङ,निरज गुरूङ,लक्ष्मण गुरूङ,निकिता गुरूङ,एलि गुरूङ,सन्दिप गुरूङ,सुमन कोइराला,विजय कार्की रहेका छन् । क्रियासील सदस्यहरुमा पुर्ण वहादुर गुरुङ, प्रतिकमान गुरुङ, अविनाश गुरुङ, सितल परियार रहेका छन् ।
अधिवेशनको उदघाट्न गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष सन्तोष वास्तोलाले शितल ज्योति क्लव पोखराको एक उत्कृष्ट काम गर्ने सामाजिक संस्था भएकाले क्लवले गर्ने कुनैपनि काममा पोखरा महानगरपालिका १२ ले सहकार्य गरेर अगाडि बढ्ने बताउदै क्लवको लागी जमिन तथा भवन उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो सयोग रहने प्रतिवद्दता प्रकट गरे ।
कार्यक्रममा क्लवका आजिवन संरक्षक टिका वहादुर कार्की क्लवले रचनात्मक कामहरू गर्दे जानुपर्ने बताए । कार्यक्रममा क्लवका वरिष्ठ सल्लाहकार डा। अनिल सुवेदीले शितल ज्योति युवा क्लव पोखराको उत्कृष्ट क्लव रहेको वताउदै अज उत्कृष्ट कामहरु गद्र्रै जानु पर्ने वताए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष ऋिषभदेव बास्तोला सल्लाहकारहरु गज वहादुर गुरूङ, कृष्ण बहादुर गुरूङ झिगु नेवाखलका वरिष्ठ उपाध्यक्ष मायादेवी तझ्या समाजसेवी शान्तकुमार श्रेष्ठ सितलादेवी मन्दिर सेवा समितिका अध्यक्ष मिनकाजी कार्की लगाएतले मन्तब्य राखेका थिए ।
क्लवको साधारणसभा तथा अधिवेशनमा अध्यक्ष नर प्रसाद गुरुङले अध्यक्षको प्रतिवेदन सचिव पुर्ण गुरुङले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सुवाष गुरूङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित गरिएको थियो ।
क्लवका अध्यक्ष नर प्रसाद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मिन प्रसाद गुरूङले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव पुर्ण वहादुर गुरूङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।