साउन १६ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभा मातहतका विभिन्न समितिका सभापतिसँग आज भएको छलफलमा उनले सदनलाई प्रभावकारी तुल्याउनका लागि विजनेश दिलाउन समितिमा भएका विधेयकलाई गहिरोसँग छलफल यथाशीघ्र टुङ्ग्याउने कार्यमा सक्रियताका साथ लाग्न सुझाव दिए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले सभामुखबाट समितिमा के–कति विधेयक छ ? छलफलको अवस्था कस्तो छ ? कहिलेसम्म टुङ्गोमा पु¥याउन सकिन्छ ? भनी जिज्ञासा राखेको बताए ।
उनले समितिमा के–कस्ता समस्या छन् ? बैठकलाई कसरी प्रभावकारी गर्न सकिन्छ ? र विधेयकलाई छिटो अघि बढाउन आफ्नोतर्फबाट कस्तो सहयोगका अपेक्षा गर्नुभएको छ भनी सभामुखले चासो देखाएको बताए ।
यसअघि छलफलमा उपस्थित समिति सभापतिले आआफ्ना समितिमा भएगरेका काम, उपलब्धि र चुनौतीबारे सभामुखलाई जानकारी गराए । कतिपय समितिमा चार/पाँच वटा विधेयक रहेको भए पनि केहीमा भने एउटा पनि विधेयक नरहेको त्यस अवसरमा सभामुखलाई जानकारी गइयो ।
केही सभापतिले भने समितिमा रहेका कतिपय विधेयकमाथि धेरै नै संशोधन परेको र साँघुरो बैठक कक्ष भएका कारण बैठक व्यवस्थापनमा चुनौती रहेको जानकारी गराए । बैठकमा सभापतिले बजेटलगायत विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकलाई चाँडो निष्कर्षमा पु¥याउन र सदनलाई कसरी नियमित गर्ने भन्नेबारे सभामुखले छलफलमा चासो राखेका थिए । उनले भने, “विधेयक कति छन्, कसरी चाँडो गर्न सकिन्छ भन्ने उहाँको चासो थियो, हामीले एक दिन समिति, अर्को दिन सदन चलाउन अनुरोध गरेका छौँ, विधेयक अघि बढाउने तथा सदन र समितिलाई कसरी प्रभावकारी बनाउने भन्नेमै छलफल केन्द्रित रह्यो ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा…





