साउन १६ काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । आज निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ ।
यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय ७० रहेको निगमले जानकारी दिएको छ ।
डिजेल र मट्टितेलको पनि पहिलो वर्गको एक सय ५७ रहेकामा घटेर एक सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको एक सय ५९ रहेकामा घटेर एक सय ५७ पुगेको छ भने तेस्रो वर्गको एक सय ६० रहेकामा घटेर एक सय ५८ पुगेको निगमले जानकारी दिएको छ । निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा…





