पोखरा, साउन १७
पोखरामा विहीबार कपास उद्योगमा आगलागी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालनमा गरेको कपास उद्योगमा विहीबार पूर्वाह्न ११ः१० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको हो । ब्लकको गारो र टिनको छानो भएको ३ कोठे भुईंतले भवनमा भएको आगलागीका कारण करीब २२ लाख रुपैयाँको क्षेती पुगेको प्रारम्भिक अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगरबाट १७ जनाको टोली खटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । आगलागी नियन्त्रणमा दमकलसमेत प्रयोग गरिएको उनले बताए ।
आगलागीका कारण मानवीय क्षति नभएपनि कपास उद्योगको मेसिन, कपास तथा अन्य सामान जलेर नष्ट भएको उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







