
साउन १८ पोखरा । लायन्स क्लव अफ पोखरा भृकुटीले आयोजना गरको रक्तदान कार्यक्रममा ६४ यूनिट रगत संकलन भएको छ ।
नवौं वार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६४ यूनिट रगत संकलन गरिएको हो ।
यसअघि कार्यक्रमको उद्घाटन अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५एम नेपालका डिष्ट्रिक्ट सिनियर काउन्सिलर विष्णुप्रसाद सुवेदीले गरे । रक्तदानको महत्वबार प्रकाश पार्दै उनले शरिरमा रगत रहुन्जेल जीवनको सार्थकता रहने बताए ।
कार्यक्रममा क्लवका संस्थापक पुष्पा कुमारी आचार्य, जोन चियर पर्सन सम्झना रानाभाट, रिजन चेयर पर्सन लक्ष्मी कोइराला, सचिव कमला पाण्डे लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।
– विद्यार्थी पत्रकार
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।