तामाङ बौद्ध सेवा समितिद्वारा डा.दिनेश तामाङ सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०८१ मा प्रकाशित




साउन १९ पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल–१३ पोखराले डा. दिनेश स्याङबो तामाङलाई सम्मान गरेका छ ।

इटालीको सियाना विश्वविद्यालयबाट ‘फाइभ जी’ प्रविधि विषयमा विद्यावारिधी गरि नेपाल आएका उनलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो ।

उनलाई गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा.गणेशमान गुरुङ, नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ, संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङ लगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले नाताबाद र कृपावाद हावी हुँदा सक्षम व्यक्ति स्वदेशमै अडिरहने वातावारण सृजना नभएको गुनासो गरे । ।उनले भने, ‘लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्टीको, कसको मान्छे भनेर सोधेर मात्र नियुक्ति गर्छ भने यो भन्दा दुखद के हुन सक्छ ?सक्षम व्यक्तिले देशमा क्षमता अनुसारको पारिश्रमिक नपाउनु अर्को दुखद पक्ष हो ।’ उनले मानवियता,सामाजिक, राजनैतिक चेतना भने हरेक मानिसमा हुन पर्नेमा जोड दिए ।

यस्तै सम्मानित डा. तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव सुनाउँदै धैर्यता, निरन्तरता र कडा परिश्रम आफ्नो जीवनको नै अचुक कडी रहेको बताए ।

कार्यक्रममा नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ,जिल्ला घेदुङ कास्कीका सचिव मिनमाया तामाङ,साथै महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेरजङ वाईबाले स्वागत र सञ्चालन सचिव पवित्रा तामाङले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।