कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा भण्डारीको निधन


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ साविक कालिका गाविस वडा नम्बर ३ का पूर्ववडाध्यक्ष तुलसीप्रसाद भण्डारीको निधन भएको छ ।

विक्रम सम्वत १९९० साल असोजमा कालिकाको सिद्धीपुरमा जन्मेका भण्डारीको ९१ वर्षको उमेरमा आइतबार साँझ उहाँकै निवासमा निधन भएको हो । भण्डारी केही सयमदेखि निमोनिया रोगबाट पीडित थिए ।

२०१५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेका भण्डारी २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । कास्कीकै पुराना कम्युनिष्ट पार्टी सदस्य भण्डारी जीवनभर सामाजिक कार्यमा सक्रिय थिए ।

भण्डारीको सोमबार सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णा थापा, राजीव पहारी र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको झण्डा ओढाएर भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । भण्डारी कास्कीको कम्युनिष्ट आन्दोलनको अगुवा भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए । ‘ भण्डारी हाम्रो पुस्ताको प्रेरणाको सं्रोत हुनुहुन्छ,’ अधिकारीले भने,‘ कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा र अभिभावक हामीले गुमायौं ।’

स्वर्गीय भण्डारीका २ छोरा र २ छोरी छन् भने २ छोराको यस अघि नै निधन भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।