पोखरा । शुक्लेश्वर महादेव मन्दिर सेवा समितिको दशौं साधरण सभा तथा ट्रस ब्रीज उद्घाटन गरिएको छ ।
शनिबार पोखरा–१५ अलकापुरस्थित शुक्लेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रमको पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बाँनियाले उद्घाटन गरे । उनले समितिले वडामा प्रंशसायोग्य कार्य गरेको बताए । मन्दिर परिसरमा पुजा पाठ सहित भजनकृतनबाट वडावासीहरुमा सकारात्मक प्रभाव परेको आफूले महशुस गरेको बताए । उनले सोही अवसरमा समितिले निर्माण गरेको ट्रस्ट व्रिजको पनि उद्घाटन गरेका थिए ।
सो अवसरमा समितिका विभिन्न गतिविधिमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
वडा नंम्वर भित्रका टोल विकास संस्था, आमा समूह, स्थानिय सहितको साधरण सभाले अध्यक्ष, कोषाध्यक्ष र सचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको सचिव आचार्यले जानकारी दिए ।
समितिका अध्यक्ष अध्यक्ष बिष्णुहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लिला आचार्यले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।