एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित




एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित सो पुरस्कारबाट एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक श्रेष्ठ सम्मानित भएका हुन्। सो अवसरमा नवलपुरकी पत्रकार कमला रानामगरपनि सम्मानित भइन्। फोनिजको स्थापना दिवसको अवसरमा आईतबार सुईखेतको रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतले सम्मान गरेका थिए । पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मान पत्र छ ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

फोनिजको रजत जयन्तीको अवसरमा फोनिज स्थापनामा योगदान दिएका बालासिंह काउछा र सुरेन्द्र थापा मगरलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।