पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ गाउँस्थित खिलाङ आमा समुहको अध्यक्षमा डिलमाया गुरुङ निर्वाचित भएका छन् ।
हालै सम्पन्न समुहको चौठो साधारण सभा तथा अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिती चयन गरेको हो । उपाध्यक्षमा कल्पना गुरुङ,सचिवमा सिता गुरुङ,सहसचिवमा मन कुमारी गुरुङ,कोषाध्यक्षमा डिल कुमारी गुरुङ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा छत्रशोभा गुरुङ,गौशोभा गुरुङ,टिकाशोभा गुरुङ,हैशोभा गुरुङ,आसमाया गुरुङ,हेमा गुरुङ लगाएत चयन भएका छन् ।
त्यसैगरि समुहको विषेश सल्लाहकारमा निवर्तमान अध्यक्ष सुकुदेवी गुरुङ र गंगादेवी गुरुङलाई चयन गरिएको छ । खिलाङका महिलाहरुको उक्त समुहले विगतदेखि वर्तमानसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । हालै मात्र निर्वाचित उक्त नयाँ समुहले खिलाङका महिलाहरुको बृद्धिविकासका विभिन्न रचनात्मक कार्यहरु गर्ने बतााएको छ ।
महिलाका सिप र उत्पादनलाई व्यवसायसंग जोडेर उनीहरुको आयआर्जनमा टेवा पु¥याउन सहयोग गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्नका लागि सम्बन्धित निकायलाई झक्झक्याउने अध्यक्ष डिलमायाले प्रतिवद्धता व्यक्त गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।