पोखरा । रामबजारस्थित भारतीय पेन्सन वितरणकार्यालय पोखराले ७८औँ भारतीय स्वतन्त्रता दिवस मनाएको छ । पेन्सन वितरण कार्यालयका निमित्त कार्यालय प्रमुख मेजर डा. अश्विन नारायंकरले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यालयले विहिवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको हो । भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ । ९० वर्षसम्म अंग्रेजहरुले गरेको शासनपछि १५ अगस्त १९४७ मा भारत स्वतन्त्र भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । “भारतको विकासमा नेपालको ठूलो योगदान छ, चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने । मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण असल छिमेकी भएको पनि बताए । भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा भारत स्वतन्त्रताका लागि योगदान दिएका भूपूसैनिक, वीर नारी र बिधालयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको क्याम्पका जनसम्पर्क अधिकृत भारतभूषण पाण्डेले बताए । कार्यक्रममा बिद्यार्थीहरुले नेपाल र भारतको सांस्कृतिक पहिचान झल्कने नृत्य र जनचेनामूलक नाटक प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।