कास्की प्रहरीद्वारा साउन महिनामा मात्र २७ फरार प्रतिवादी पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित




पोखरा, साउन ३२

कास्की प्रहरीले साउनमा मात्र २७ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन १ गतेदेखि ३२ गतेसम्ममा २२ पुरुष र ५ महिला गरेर २७ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरु अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकीहरु रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पक्राउ परेकाहरु मध्ये चेक अनादार मुद्दामा १३ जना, लागू औषध मुद्दामा ५ जना, चोरी सम्बन्धी मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा २ जना, आगो लगाएको सम्बन्धी मुद्दामा २ जना र लेनदेन बिगो सम्बन्धी मुद्दामा २ जना रहेको उनले जनाएका छन् ।

पक्राउ परेकाहरुबाट २ लाख १० हजार ८ सय २५ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।