पोखरा । कन्या क्याम्पस पोखरामा शनिवार क्याम्पसको गुणस्तर अभिवृद्धिका बिषयमा सरोकारवालाहरुसॅंग बृहत भेला सम्पन्न भएको छ ।
क्याम्पस अवस्थित वडा नं. ३ का विभिन्न शैक्षिक संस्थाका प्रमुख, आमा समुह, विभिन्न क्लवहरु, सामाजिक संघसंस्था, वडा कार्यालय, पत्रकारहरु लगायत सामाजिक अभियन्ताहरुसंग क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा छात्राहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले क्युएए टिकाउन गुणस्तर कायम गर्ने, अनुसन्धान र नविनतामा जोड दिनु पर्ने, क्याम्पसद्वारा उत्पादित बिद्यार्थी कहां छन् ? सोधिखोजि गरि मार्केटिंग गर्नु पर्ने, करियर मार्गदर्शन, कक्षा १२ पास गरेपछि बिदेश जाने ट्रेण्डलाई रोक्न बिबिध जनचेतनामूलक र उत्प्रेरणात्मक अभिमुखिकरण गर्नु पर्ने, उच्च गुणस्तरीय पाठ्यक्रम निर्माण, बिद्यार्थीको कम आकर्षणका प्रोग्राम हटाउदै समयले माग गरेका नयां प्रोग्राम चलाउनु पर्ने , अनुभवी, योग्य र पूर्णकालिन फ्याकल्टि मेम्बर बनाइनु पर्ने, पढाईका साथसाथै अतिरिक्त क्रियाकलापका गतिविधि बढाउनु पर्ने लगायतका सुझाब दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । क्याम्पसको आर्थिक समस्या समाधानकालागि पोखरा महानगरपालिकाले महानगर भित्र संचालिक पब्लिक क्याम्पसलाई बार्षिक अनुदान र वडाले आफ्नो वडाको “शैक्षिक गौरवको” रुपमा अपनत्व लिई बार्षिक बजेट छुट्याउन दबाब दिएका थिए । सरोकारवालाहरुले शिक्षा मन्त्री बिद्या भट्टराई यसै निर्बाचन क्षेत्रको भएकाले क्याम्पसको शैक्षिक गुणस्तर योजना बिकास र बहुउद्देश्यीय भवन निर्माणकालागि सहयोग माग्नु पर्ने सुझाएका थिए ।
क्याम्पसका सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसको अवस्था र भावी योजनाका वारेमा क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले जानकारी गराएका थिए । क्याम्पस प्राध्यापक संघका सभापति डा। भूमिराज बस्ताकोटीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम क्याम्पसका कर्मचारी निशा भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







