पोखरा, भदौ २
पोखरेली पर्यटन व्यवसायीहरुले पोखराबाट अन्र्तराष्ट्रिय उडान हुनेमा आशावादी रहेको बताएका छन् । पोखरेली पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले आज पोखरामा पत्रकार सम्मेलन गरेर पोखराबाट चाँडै अन्र्तराष्ट्रिय उडान हुने विश्वास व्यक्त गरेको हो ।
पोखराबाट हुने उडानमा भ्याट तिर्नुनपर्ने र हालै सरकारले पोखराबाट उडान गर्ने हवाई कम्पनीलाई प्रति किलोलिटर १ सय डलर अनुदान दिने घोषणा गरेपछि पोखराबाट सिधै अन्र्तराष्ट्रिय उडान हुने सम्भावना बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । भ्याटपनि कटौति हुने र तेलमा दिईने अनुदान अनुसार हवाई भाडा कम गर्दा झण्डै १८÷२० प्रतिशत हवाई भाडा घट्छ,उनले भने,‘त्यसो भयोभने स्वदेशी तथा विदेशीले काठमाडौंको सट्टा पोखराबाटै विदेश यात्रा तय गर्छ ।’ उनले सहुलियत पाउनासाथ अन्र्तराष्ट्रिय उडान गर्न धेरै हवाई कम्पनीहरु ईच्छुक रहेको दाबी गरे ।
अध्यक्ष श्रेष्ठले पोखराबाट चाँडै पोखरा–मानसरोवर, पोखरा–भद्रपुरलगायतका ठाउँमा उडान हुने बताए । त्यसका लागि छलफल चलिरहेको र सम्भवतः चाँडै निर्णय हुने उनको भनाई छ । उनले पोखराबाट सस्तो उडान हुन्छ भनेर प्रचार गर्न सके पोखरामा यथेष्ट पर्यटक ल्याउन सकिने बताए । ‘म आफैपनि नेपालमा उडान गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनिसँग सम्पर्कमा छु । ती कम्पनि पोखरामा उडान गर्न इच्छुक पनि छन् । अब सहुलियट घोषणापछि ती कम्पनिले पोखरामा उडान गर्नका लागि योजना बनाउने बाटो खुलेको छ’–उनले भने ।
पोखराबाट अन्र्तराष्ट्रिय उडान भएमा पोखराका उत्पादनलेसमेत विदेशी बजार पाउने उनले बताए । यसले पर्यटनसँगै पोखराको अर्थतन्त्रले गति लिने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।