पोखरा, साउन ३२
पोखराका नेवार युवाहरुले नेवारी संस्कृति अन्तर्गत गाईजात्रामा प्रदर्शन गरिने तायाःमचालाई जिवन्त राख्ने उद्देश्यले ‘प्रोजेक्ट बाजा’ निर्माण गरेका छन् । पोखराका नेवार युवाहरु सविन उदास, रोहित रञ्जित, सुमित रञ्जित, विशाल द्वा र प्रशान्त श्रेष्ठले तायाःमचाको ‘प्रोजेक्ट बाजा’ निर्माण गरेका हुन् ।
नया पुस्तालाई तायाःमचा बाजा र संस्कृतिबारे बुझ्न सजिलो होस् तथा नेवारी संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रोजेक्ट बाजा’ बनाएको संस्कृति संरक्षणमा जुटेका रोहित रञ्जितले बताए । उनले चार वर्षदेखिको प्रयासले अहिले आएर सार्थकता पाएको उल्लेख छ । हामीले परम्परागत प्रोजेक्ट बाजा निर्माण गरेका छौं,उनले भने,‘आशा छ नेवारी संस्कृति अन्तर्गत गाईजात्रामा प्रदर्शन गरिने तायाःमचा नाचबारे बुझ्न युवाहरुलाई सघाउनेछ । उनले यस परियोजनाले नेवारी संगीत र नृत्यलाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आफूहरुमा नेवारी संस्कृतिको गहिरो ज्ञान र प्रेमले भरिपूर्ण भएका कारण ‘प्रोजेक्ट बाजा’ बनाएको उनीहरुको भनाई छ । परियोजनामार्फत नेवारी संगीत र नृत्यको सुन्दरतालाई विश्वसामु पु¥याउने उद्देश्य रहेको रञ्जितले बताए ।
यस परियोजनामा परम्परागत नेवारी बाजाहरूको संकलन र रेकर्डिङ्ग गरिएको थियो । संगीतसँगै, नेवारी नृत्यको कोरियोग्राफी पनि गरिएको र यसले नेवारी संस्कृतिको विविधतालाई चित्रण गर्ने रञ्जितको भनाई छ ।
‘प्रोजेक्ट बाजा’मार्फत निर्माण गरिएको भिडियोमा नेवारी संगीत र नृत्यको परम्परालाई नयाँ ढङ्गले प्रस्तुत गरेकाले नेवारी संस्कृति, तायाः मचा लोकप्रिय बनाउन मद्दत पुग्ने उनीहरुको भनाई छ । ‘प्रोजेक्ट बाजा’ नेवारी संस्कृति संरक्षण र प्रवद्र्धनमा एक महत्वपूर्ण कदम सावित हुने रञ्जितले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







