पोखरा, भदौ ३
आम मान्छेले बाटोमा पैसा भेट्टाए के गर्छन् ? जस्तै मै हुँ भन्नेलेपनि चुपचाप गोजीमा हाल्छन् । तर समाजमा यस्ता मान्छेहरुपनि हुन्छन् जसले भेटेको रकम जस्ताकोतस्तै फिर्ता गर्छन् । त्यस्ता मान्छेहरु हाम्रै समाजमा अहिलेपनि भेटिन्छन् । यसको उदाहरण हुन् पोखरा १७ ढुंगेसाँघुका नेत्रलाल भण्डारी । जसले सोमबार भेट्टाएको नगद ५६ हजारसहितको पर्स फिर्ता गरेका छन् ।
भण्डारीले पोखराबाट बागलुङ जाने क्रममा आज पूर्वाह्न करीब १० बजे रकमसहितको पर्स भेट्टाएका थिए । म बागलुङ जाने भनेर जाँदै थिएँ,उनले भने,‘याम्दीको सेती बाँध नजिकै पर्स भेट्टियो । खोलेर हेर्दा नगद ५६ हजार र दुई वटा एटिएम देखियो ।’ पर्स भेट्टिएपछि सामाजिक सञ्जाल फेसवुकमा सूचना राखेको र त्यसको आधारमा पर्सधनी पोखरा(१६ का सुशील आचार्य सम्पर्कमा आएपछि फिर्ता गरेको उनको भनाई छ । पर्समा सुशील आचार्य नामको एटिएम रहेको र सोहि व्यक्ति आएकाले रकमसहितको पर्स फिर्ता गरेको उनले बताए ।
पर्सधनी आचार्यले पर्स भेट्टाएपछि धन्यवाद दिए । उनले भने,‘अहिलेको समयमा नेत्रलाल सरजस्तो ईमान्दार मान्छे पाउन मुश्किल छ । उहाँ ईमान्दार हुनुहुँदो रहेछ । उहाँलाई मुरीमुरी धन्यवाद ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।