निशुल्क आँखा परिक्षण तथा रक्तदान गरि मनायो क्याट वाकले वार्षिकोत्सव


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित




पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगाएत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानलगाएतको कार्य गरेको हो ।

पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।

क्लबले यस अघिपनि विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक, झोला तथा स्टेशनरी वितरण, भुकम्प पिडीतलाई आर्थिक सहयोगलगाएतको कार्यहरु गरिरहेको क्लबका अर्का सञ्चालक अमृत पहारीले बताए ।

सञ्चालनदेखि नै क्लब क्याटवाक युवा पुस्तामा निकै रोजाइमा परिरहेको छ । क्लबले दोस्रो वार्षिकोत्सवकै अवसरमा कन्दरा ब्याण्डको विशेष सांगितिक कार्यक्रम समेत गरेको थियो । जसमा ३ हजार बढी दर्शक कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको गीतमा रमाएका क्लबले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।