भदौ ४ पोखरा । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि पोखराकी अनुया तामाङले जितेकी छन् । ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । उपाधि विजेता तामाङ पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले तामाङले उपाधि हात पारेर विद्यालयको पहिचान फराकिलो बनाएको बताए । ‘पश्चिमाञ्चल माविको मात्र नभई समग्र गण्डकी प्रदेशका लागि अनुया तामाङले प्रतिष्ठा थपिदिएकी छिन,’ उनले भने, ‘विद्यालयले जहिले पनि बालबालिकाको क्षमता प्रस्फुटनका लागि अवसर प्रदान गर्दै आएको छ ।
विद्यालयले तामाङको सम्मानमा विशेष कार्यक्रम समेत गर्ने विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले बताए । ‘अनुया समग्र गण्डकी प्रदेशको प्रतिष्ठा हुन । राष्ट्रियस्तरको कार्यक्रमको सफलताले उनलाई गायन क्षेत्रमा लाग्न सफलता मिलेको छ,’ क्षेत्रीले भने, ‘पश्चिमाञ्चल माविको नाममा अनुयाले थपेको कलाको इटा निकै नै महत्वपूर्ण रहेको छ ।’
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलमा पुगेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







