पोखरामा क्षेत्री समुदायलेपनि निकाले गाईजात्रा


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ४

पोखरामा क्षेत्री समुदायबाटपनि गाईजात्रा निकालिएको छ । नेवारी समुदायले मनाउँदै आएको गाईजात्रा पोखरामा क्षेत्री समुदायलेपनि मनाएका हुन् । यसअघि पनि पोखराको सिमलचौर क्षेत्रमा ब्राह्मण वा क्षेत्री समुदायले गाईजात्रा निकाल्ने गरेका थिए। यस पटक पोखरा–८ सिमलचौरका कृष्णबहादुर थापा र उनको परिवारले गाईजात्रा निकालेका हुन् । थापा क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव हुन् ।

थपा परिवारले स्वर्गिय आमाको सम्झनामा गाईजात्रा निकालेका हुन् । आमाको जीवन नेवारी समुदायमै बितेको र नेवारी परम्परा र सामाजिक रितिथितिपनि सोहि अनुसार मानिदै आएकाले आफूहरुले आमाको सम्झनामा उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै गाई निकालेको छोरा कृष्णबहादुर थापाले बताए । ‘सामाजिक परम्परा र संस्कृति सबै समुदायको सम्मानित हुनुपर्छ । पितृ उत्थान र सम्मान गर्ने दिन गाईजात्रा नेवारी परम्परा भएपनि यसको महत्व सबै जातिका लागि गरिमामय छ,उनले भने, ‘आमाको सम्झनामा आज हामीलेपनि गाई निकाल्ने, नाच र अन्य गाई स्वागत गरियो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।