पोखरा । वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक, हिमाली साँस्कृतिक परिवारका पुर्व अध्यक्ष मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीमा भदौ ८ गते पोखरामा अन्तर बिधालय लोकनृत्य प्रतियोगिता हुने भएको छ।
हिमाली साँस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना गरिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, सान्त्वना १० हजार र उत्कृष्ट नृत्य निर्देशक १० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक हिमाली साँस्कृतिक परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले जानकारी दिए।
लोकसँस्कृतिप्रती स्वर्गीय गुरुङको योगदानको स्मरण गर्दै जन्मजयन्तीको दिन वार्षिक लोक संस्कृती संरक्षण र स्रष्टा सम्मानका लागि हिमाली साँस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृती अक्षयकोष समेत स्थापना गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।