पोखरा, भदौ ७
भारतीय पर्यटक बोकेको बस तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरामा दुर्घटनाहुँदा १४ जनाको मृत्यू भएको प्रारम्भिक अनुमान गरिएको छ । भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐना पहरास्थित मस्र्याङ्दी नदीमा खसेको थियो । बसमा ४० जना यात्रु रहेको बताइएको छ ।
बसमा रहेकाहरुमध्ये २९ जनाको उद्धार गरिएको छ । जसमध्ये १४ जनालाई अचेत अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी दीपककुमार रायले जानकारी दिए । अन्य १५ जना होसमा रहेको उनले बताए । उद्धार गरिएकाहरुलाई उपचारका लागि पोखरा पठाइएको डिएसपी रायले जानकारी दिए ।
उनका अनुसार उद्धार कार्य जारी छ । उद्दार कार्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको गोताखोरसहितको टोली र तनहुँ भानुस्थित २३ नम्बर मनकामना गणको टोली खटिएका छन् ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारमा सकस भएको तनहुँ प्रहरीले जनाएको छ । उद्दारकर्ता डोरीको सहायताले दुर्घटनास्थलसम्म पुगेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।