गायक रोहनजंग कार्कीको ‘माया तिमी’ आउँदै


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ७

पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ बोलको गीत चाँडै आउँदैछ । कार्कीको स्वरमा रहेको सो गीत रेकर्ड भएर भिडियो निर्माणको चरणमा छ ।

अमीत गुरुङको शव्द रहेको गीतको कम्पोजर र एरेञ्जरपनि गुरुङ नै हुन् । गीतको रेकर्ड, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियोमा गरिएको कार्कीले जानकारी दिए ।

गीतको चाँडै नै भिडियो बनाईने उनले बतए । नवीन थापाको निर्देशनमा बन्ने सो गीतको भिडियोको छायाङ्कन कास्कीको पर्यटकीय गाउँ सिकलेसमा गर्ने तयारी भइरहेको उनको भनाई छ ।

भिडियो निर्माण भएलगत्तै यूट्यूवमा सार्वजनिक गरिनेपनि उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।