भदौ ७ पोखरा । तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ ।
संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेश गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिश गुरुङ रहेका छन् । गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना गरि तमु धिं नेपाल माछापुच्छ्रे गाँउपालिका समिती बिधिसम्मत गठन गर्ने निर्णय गरेको छ ।
यसअघि प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले तमु एकताले सबैको हित हुने भन्दै तमु धिंले संगठन निर्माण र प्रशिक्षण अभियान आफ्नै पालिकाबाट सुरु गरेकोमा खुशी ब्यक्त गरे । उनले आफ्नो र पालिकाको तर्फबाट तमुधिंको अभियानमा साथ रहने प्रतिवद्दता व्यक्त गरे ।
नवनिर्वाचित संयोजक दुर्गाबहादुर गुरुङले सम्पुर्ण माछापुच्छ्रे गाउँपालिकाका गुरुङहरु संगठित गरि तमुहरुको अधिकार सुनिश्चित गर्न जुट्ने प्रतिवद्दता व्यक्त गरे ।
पोखरा २५ याम्दीस्थित रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैगीलामा समाजघरमा आयोजित कार्यक्रममा नाथु प्रल्हाद ङेह्रो पैगीलामा परिवारका महासचिव यामबहादुर गुरुङले शुभकामना ब्यक्त गरे । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ र केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले भेलाको उद्देश्य, तमु एकता, सामुदायिक अधिकार, विधानमा व्यवस्था लगायतका बारेमा प्रष्ट पारेका थिए ।
तमु धिं अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा हरिमाया गुरुङले स्वागत, महासचिव जुना गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







