पोखरा । अखिल क्रान्तिकारी पोखरा महानगरको अध्यक्षमा मिराज थापा मगर चयन भएका छन् ।
शनिबार पोखरामा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनबाट थापा मगरको अध्यक्षतामा ३५ कार्यसमिति चयन भएको हो ।
यस्तै उपाध्यक्षमा दीपेश ढकाल, सचिवमा विशाल पुरी, सह–सचिव विद्या उपाध्याय, प्रभात सुनार, कोषाध्यक्षमा पूजा थापा मगर चयन भएका छन् ।
यस्तै छात्रा विभागमा रोशनी गिरी, अनुशासन विभाग सुवास अधिकारी र संस्कृति विभागमा साजन परियारलाई चयन गरिएको संयोजक मनिष तामाङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।