कास्की मोर्डनाइज्डमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित




पोखरा । पोखराको कास्की मोर्डनाइज्ड एकेडेमीको अन्तरसदनात्मक वक्तृवकला प्रतियोगितामा रातो सदनका लविसा खड्का र सोयल कुँवर प्रथम भएका छन् ।

पोखरा १४ स्थित विद्यालयमा कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तरसदनात्मक वक्तृवकला प्रतियोगितामा नेपालीतर्फ खड्का र अंग्रेजीतर्फ कुँवर प्रथम भएका हुन् ।

यस्तै प्रतियोगितामा नेपाली भाषातर्फ सेतो सदनकी प्रतिक्षा सार्कीले द्वितीय र हरियो सदनकी सुबिच्छा हिराचनले तृतीय स्थान प्राप्त गरिन् । त्यसैगरी अङ्ग्रेजी तर्फ सेतो सदनका एलिसा श्रेष्ठ द्वितीय र नलिना पुडासैनी तृतीय भए ।

प्रतियोगितामा विद्यालयमा रहेका चारओटा सदनबाट नेपाली र अङ्ग्रेजी दुवै तर्फ ३/३ जना गरी जम्मा २४ जनाले सहभागीता जनाएका थिए ।

सो अवसरमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले संसारमा गोली भन्दा मानिसको बोली शक्तिशाली हुने हुनाले यस्तो प्रतियोगिताबाट विद्यार्थीहरुले आफूभित्रको भाव र रागलाई बाहिर ल्याई नाम र दाम दुवै कमाउन सकिने बताए ।

नेपाली र अङ्ग्रेजी गरी दुई चरणमा सञ्चालन गरिएको प्रतियोगिताको निर्णायकमा नेपाली तर्फ शिवलाल उपाध्याय र भवनी लम्साल र अङ्ग्रेजी तर्फ बोधराज गौतम र इन्द्र भूषाल रहेका थिए ।

विद्यालयका सह–प्राचार्य तथा +२ कोर्डिनेटर शिवलाल उपाध्यायको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको नेपाली भाषातर्फ शिक्षक निरोज के.सी. र अङ्ग्रेजी भाषातर्फ शैक्षिक प्रमुख शिबु ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।