बेगनासताल महिला समूहको अध्यक्षमा बराल


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित




भदौ ९ पोखरा । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासताल महिला समूहको अध्यक्षमा फुलमाया बराल चयन भएकी छन् । समूहको १८ औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको उपाध्यक्षमा भद्रीका रानाभाट, सचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा सुस्मा भट्टराई , सह सचिवमा शान्ति कोइराला चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा राधीका बराल, कल्पना अधिकारी, रिता सुवेदी, विष्णु आचार्य, सिता परियार, बेलीमायाँ बास्तोला, माया पौडेल, सरस्वती ढकाल, शिव श्रेष्ठ, रुपसरा लालचन, देवी लामिछाने र सुमित्रा ढकाल रहेको नवनिर्वाचित सचिव शक्तिश्री तिवारी कोइरालाले जानकारी दिइन् ।

यसअघि समूहकी पूर्व अध्यक्ष एवम् पोखरा विश्वविद्यालयको सिनेटर शान्ति खनालले बेगनासताल महिला समूहले यस क्षेत्रमा विभिन्न सामाजिक तथा मानविय सेवाका कार्य गरेको चर्चा गर्दै विगतमा यस समूहले लेखनाथ तथा पोखराका विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरेर सामाजि कार्य गर्दै आइरहेको बताइन् । यस क्षेत्रको प्राकृति तथा धार्मिक स्थलहरुको संरक्षण र संबद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको स्पष्ट पारिन् ।

यसैगरी समूहकी पूर्व अध्यक्षहरु सुनिता भट्टराई, ज्ञानु बराल, दुर्गा अधिकारीले समूहले गरेका कार्यको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सचिव रुपा तिवारीद्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष श्यामु अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव रुपा तिवारीले गरेकी थिइन् ।

निवर्तमान अध्यक्ष हरि मायाँ तिवारकिो अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष फुलमायाँ बरालले स्वागत गरेकी थिइन् भने निर्वाचन मण्डलमा सल्लाहकार सिता कार्की, शान्ति खनाल र हरिमाया तिवारी रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।