भदौ ११ पोखरा । त्रिभुवन बिश्वबिद्धालय, शिक्षा शास्त्र सङ्कायको आयोजना तथा बिश्वबिद्धालय अनुदान आयोगको सहयोगमा प्राध्यापकहरुको क्षमता अभिबृद्धी तालिम कार्यक्रम तेस्रो कोहर्ट अन्तर्गत पोखरामा सम्पन्न भएको छ ।
४० घण्टा प्रत्यक्ष र ३५ घण्टा अनलाइन गरि ७५ घण्टामा सम्पन्न हुने कार्यक्रम नेपालका बिभिन्न ५ स्थानमा सञ्चालन हुनेछन् । तेस्रो कोहर्ट अन्तर्गत अन्नपुर्ण गाउँपालिका वडा नं १ स्थित हिमालयन देउराली रिसोर्ट्मा आवासिय रुपमा सञ्चालित उक्त कार्यक्रममा आङ्गिक र सामुदायिक गरि १० क्याम्पसका ३० जना प्राध्यापक सहभागि रहेका थिए ।
शिक्षा शास्त्र संङ्कायका डिन प्राध्यापक डा चित्रबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा सहायक डीन डा बिष्णु खनाल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा डा सरोज कोइराला, सहजकर्ता डा कमलराज देवकोटा, पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक यादवराज अधिकारी र वालिङ क्याम्पसका बिष्णु सुबेदीले मन्तव्य राखेका थिए ।
त्यस्तै डा पितृराज बाँस्तोला, पदम न्यौपाने, डा सुशील शर्मा, डा पिताम्बर पौडेल, डा बिष्णु शर्मा र बलराम शर्माले आ आफ्नो समुहमा छलफल गरि छ दिने कार्यक्रमको अनुभव एवम् रिफ्लेक्सन प्रस्तुत गरेका थिए ।
विभिन्न ५ वटा मुडलमा ५ वटा थिममा १० जना सहजकर्ताहरुले सहजीकरण गरेका थिए । कार्यक्रम सञ्चालन सहायक डीन डा बिष्णु खनालले गरेका थिए ।
देशका लागि आवस्यक पर्ने शैक्षिक जनशक्ति तयार पार्ने उद्देश्यले यश सङ्काय अन्तर्गत २६ वटा आंङ्गिक र ५६० वटा सम्बन्धन प्राप्त गरि ५८६ वटा क्याम्पस सञ्चालित छन् ।
शिक्षाशास्त्र सङ्काय सम्पुर्ण शिक्षाको पनि शिक्षा भएकोले यस तालिमबाट सिकेका ज्ञान तथा सीप कक्षा कोठामा प्रयोग गर्न प्राध्यापकहरु सक्षम हुने र शिक्षण सिकाइ प्रक्रियामामा रुपान्तरण आउनेमा डीन बुढाथोकी लगायत अन्य वक्ताहरुले जोड थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







