चलचित्र ‘दिलसरा’ बुटवल, तनहुँ र पाल्पामा प्रर्दशन गरिँदै


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित




पोखरा । मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को विभिन्न जिल्लामा प्रर्दशन गरिने भएको छ । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को बुटवलको मिलनचोक, तनहुँको थर्पु र पाल्पाको रामपुरमा प्रर्दशन गर्न लागिएको हो ।

उक्त चलचित्र तनहुँको थर्पु, रुपन्देहीको बुटवलस्थित मिलनचोकमा यही भदौ २९ गते र पाल्पाको रामपुरमा असोज ३ गते प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

मगर संसार फोटो ग्यालरीको आयोजनामा आपतकालिन मगर संसार राहतकोषमा सहयोगार्थ यही भदौ २९ गते शनिबार मिलनचोकस्थित मिलन चलचित्र हलमा प्रर्दशन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए ।

नेपाली भाषामा निर्मित मगर समुदायमा आधारित चलचित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र रहेकाले सबैलाई चलचित्र हेर्न आउन उनले आग्रह गरे । १० वर्ष मुनि र ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले भने उक्त दिन निःशूल्क प्रवेश पाउने गरि तयारी गरिरहेको उनले जानकारी दिए ।

यस्तै सोही दिन दिउँसो ११ बजे तनहुँको म्याग्दे गाउँपालिका ३ स्थित गाउँपालिकाको सभाहलमा चलचित्र प्रर्दशन गर्ने गरि तयारी भईरहेको जनाइएको छ ।

असोज ५ गते पाल्पाको रामपुरस्थित श्रीनगर होटलमा ३ शो सञ्चालन गर्नेगरि तयारी भइरहेको स्थानिय आयोजक लक्ष्मण थापाले जानकारी दिए । त्यसका लागि अमिर राना, महेन्द्र राना, र मोहन थापाले प्रचारप्रसारलाई तिब्र पारिरहेका छन् ।
यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ ।

‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण रानाम मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।