
पोखरा, भदौ १३
पोखरा नदीपुरमा रहेको प्रतिभा माविले अभिभावकका लागि सिपीआरएस मोडलबारे अभिमुखीकरण आयोजना गरेको छ । प्रतिभा माविले सिपीआरएस मोडल लागु भएको कक्षा १ का विद्यार्थीका अभिभावकलाई लक्षित गरेर विहीबार अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा सिपीआरएस मोडल लागु गर्ने लावण्य ईन्टरनेसनलका फाउण्डर मनोजकुमार पण्डितले सहजीकरण गरेका थिए । उनले सबै विद्यार्थीको क्षमता एउटै नहुने र उनीहरुको सिक्ने तरिकापनि छुट्टाछुट्टै हुने बताए । ‘त्यसैले विद्यार्थीको अवस्था हेरेर सिकाउने र पढाउने गर्नुपर्छ । त्यसमा शिक्षकसँगै अभिभावककोपनि दायित्व उत्तिकै हुन्छ’(उनले भने । त्यसो गर्न सकेमा विद्यार्थीले छिटो सिक्ने र प्रगति गर्ने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीको हित हुनेगरी अध्यापनको वातावरण निर्माण गरिरहेको बताए । त्यसका लागि कक्षा वातावरणसँगै शिक्षक र अभिभावकका लागि बारम्बार तालिम तथा अभिमुखीकरण कार्यक्रमको व्यवस्था गर्नेगरेको उल्लेख गरे ।
विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुलीले अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए।
विद्यालयकी प्राईमरी संयोजक पद्मा पराजुलीको अध्यक्षता तथा शिक्षक जमुना गिरीले सञ्चालन गरेको कार्यक्रममा सिपीआरएस मोडल संयोजक निर्मला सुवेदी श्रेष्ठले सिपीआरएस अध्यापनको पाँच-ई तरिका (फाइभ(ई टेक्निक) बारे जानकारी गराएकी थिईन् ।
कार्यक्रममा विद्यार्थीले सिपीआरएस थिममा रहेर प्रस्तुती दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।