भदौ १४ काठमाण्डौं । श्रम तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याइने बताएका छन् ।
श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन सङ्गठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौतासम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले उक्त नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरुको सुझाव लिएर परिमार्जन गरी संसद्मा लैजाने बताए ।
नेपाली श्रमिक वैदेशिक रोजगारमा जाँदादेखि फर्कने बेलासम्म सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उनले आप्रवासनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्न नीतिमा प्रस्ट व्यवस्था गरिएको बताए ।
मन्त्री भण्डारीले कामदारलाई भाषा र सीप सिकाएर दक्ष बनाउने, उनीहरूको मानव अधिकारसम्बन्धी विषयलाई समावेश गरिएको उल्लेख गर्दै नीतिमा समयसापेक्ष सुधार गर्न सकिने बताए ।
खाडी मुलुकहरूमा अधिक तापक्रमका कारण त्यहाँ जाने नेपाली श्रमिकको स्वास्थ्यमा समस्या आउने गरेको बताउँदै उनले करिब ४६ प्रतिशत युवाको मिर्गाैलासम्बन्धी समस्या देखिएकामा चिन्ता व्यक्त गरे ।
जुनसुकै विधा र प्रक्रियाबाट पनि विदेश पुगेका नेपालीहरू वैधानिक काममा क्रियाशील रहेमा उनीहरूलाई सरकारले वैधानिकता दिने बताउँदै मन्त्री भण्डारीले विश्वका एक सय ७१ मुलुकमा नेपाली कामदार जाने गरेको जानकारी दिए ।
श्रम सचिव मुकुन्द निरौलाले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सुरक्षित गर्ने, ठगिएमा, अलपत्र परेमा स्वदेश फिर्ता, क्षतिपूर्तिको व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
संयुक्त राष्ट्र आप्रवासन सङ्गठनले नीतिको मस्यौदा निर्माण, माइग्रेसन स्कूल सञ्चालनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






