पोखरा । पोखराको माउन्ट अन्नपूर्ण मा.वि.नदिपुरमा ३ वटा क्लव गठन गरिएको छ ।
शुक्रबार विद्यालयले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटेरेक्चर क्लब स्थापना गरेको हो ।
जस अन्र्तगत गेम एण्ड स्पोर्टस क्लबको अध्यक्ष श्रृष्टी थापा र सचिवमा बाल कुमार पुर्जा चयन भएका छन् । क्लवमा २१ जना सदस्य छन् ।
डेबिड दुतराज अध्यक्ष र एलिन थापा सचिव रहेको म्युजिक आर्ट एण्ड लिटेरेक्चर क्लवमा १२ जना सदस्य रहने गरि गठन गरिएको छ ।
त्यस्तै १७ जना सदस्य रहेको सोसल सर्भिस क्लबको अध्यक्ष र सचिवमा क्रमशः प्रथम श्रेष्ठ र दृश्या गुरूङले जिम्मेवारी पाएका छन् ।
विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसंगै अतिरिक्त व्रिmयाकलापमा समेत संलग्न गराई विविध विषयहरूमा अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गराउँदै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै क्लव गठन गरिएको विद्यालयका प्लस टु कोअर्डिनेटर कृष्ण लम्सालले जानकारी दिए ।
१७ वर्षदेखि पोखरामा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट सञ्चालन गर्दै आइरहेको माउन्ट अन्नपूर्ण मा.वि. पहिलो निजी विद्यालय हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







