भदौ १५ पोखरा । नेपाल राष्ट्रिय शिक्षक शिक्षक सङ्गठन जिल्ला समिति अन्तर्गत महिला विभागले शुक्रबार एक समारोहका विच महिला शिक्षकहरुका लागि एक दिने प्रशिक्षण, अन्तर्कया तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सांसद दामोदर पौडेल वैरागी, सङ्गठनका अग्रज नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, शिक्षक हित साकोसका सदस्यहरु एवम् विभिन्न विद्यालयबाट महिला शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सांसद बैरागीले संघिय शिक्षा ऐन निर्माणका लागि संसदमा दर्ता भएको विधेयकमाथि अहिले घनिभूत छलफल भइरहेको र शिक्षकहरुसँग विगतमा भएका सम्झौताहरुको मर्म अनुसार नै आफूहरुले उक्त विधेयकमा शंसोधन प्रस्ताव पेश गरेको जानकारी दिए । उनले भने,‘हामीले विधेयकलाई छिटै ऐनको स्वरुप दिनुपर्छ यसका लागि एउटा विधाएकका रुपमा मेरो भूमिका यहाँहरुको सुझाव अनुसार नै अगाडी बढ्ने छ । ’
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले शिक्षालाई आध्यामिक चिन्तनको दृष्टिकोणबाट पनि हेर्नुपर्ने र भौतिक सुख भन्दा माथि आध्यात्मिक ज्ञानले हामीलाई आनन्दित बनाउन सघाउने भनाइ राखेका थिए ।
जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालले पेशागत आन्दोलन र शिक्षक सङ्गठनको भूमिका विषयमा प्रशिक्षण दिएका थिए भने शिक्षक हित साकोस अध्यक्ष बसन्धरा पौडेलले सम्पूर्ण शिक्षकहरुलाई तिजको शुभकामना मन्तव्य राखेकी थिइन ।
यस प्रकारका कार्यक्रमले मौलिक पर्वहरुको जगेर्ना गर्दै सामाजिक सम्बन्धलाई मजबुत बनाउने हुँदा सो कार्यक्रम आयोजना गरिएको सचिव दामोदर तिमिल्सिनाले बताए ।
कास्की जिल्लाका अधिकांश महिला शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि महिलाहरुले तिजको दरको साथमा उत्कृष्ट नाचगान समेत गरेका ।
जिल्ला समिति उपाध्यक्ष तथा महिला विभाग प्रमुख देवी कुमारी के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकोषाध्यक्ष शान्ता पराजुली क्षेत्री र सञ्चालन सहसचिव जुना थापाले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







