भदौ १५ पोखरा । चिल्ड्रेन नेपालले आयोजना गरेको तिज गीत प्रतियोगितामा सिर्जना सामुदायिक माध्यमिक विद्यालय नागडाँडा प्रथम भएको छ ।
नेपाली नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा तिज गित प्रतियोगितामा सहभागि विभिन्न विद्यालयका १० समूहलाई पछि पार्दै सिर्जना सामुदायिक माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो ।
यस्तै प्रतियोगितामा द्वितिय कन्या मा. वि नदिपुर , तृतिय धर्मस्थली आधारभुत विद्याालय मालेपाटन र कालिका मा.वि रामबजारको समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको संस्थाका सह संयोजक रमेश सुवेदीले जानकरी दिए । सो अवसरमा उत्कृष्ट प्रतियोगी समुहलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा चिल्ड्रेन नेपालसंग सहकार्य गर्दै आएका विभिन्न १० सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुले महिला तथा बाल हिंसा र यसको प्रभाव बिषयमा चेतनामुलक गित प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा, निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईं, संस्थाका सदस्य शान्ता प्यासी, संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेल, सह–संयोजक रमेश सुवेदी लगायतले संस्थाका विभिन्न गतिविधीका बारेमा प्रकाश पार्नुका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगीता महत्त्वपूर्ण रहेको बताएका थिए ।
संस्थाले प्रत्येक वर्ष पाँच सय बढी बालबालिकाको शिक्षा तथा तिनीहरुको परिवारको सशक्तिकरण र जिविकोपार्जनमा टेवा दिने कार्य गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







