पोखरा १३ को तीज प्रतियोगितामा वातावरण आमा समुह प्रथम


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित




भदौ १६ पोखरा । पोखरा महानगरपालिका वडा नं १३ को आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा वातावरण आमा समुह प्रथम भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितमा महिला तथा बाल कल्याण कुञ्ज दोस्रो, कमल जैशी आमा समुह हेम्जा तेस्रो र बाँझापाटन मिलन आमा समुह र आर्वा दिदी बहिनी समुहले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र सान्त्वना दुई समूहलाई पाँच पाँच हजार साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ काहुँखोला टोल विकास संस्था र उत्कृष्ट भेषभुषा तर्फ जागरण आमा समुहलाई नगद तीन–तीन हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रमको कलाकार गौरी मल्लले व्यानर पढेर उद्घाटन गर्दै संस्कृती संरक्षण संगै सरल तरिकावाट मनाउन अनुरोध गरिन् । उनले तीजमा दर खाने कार्यक्रम पनि दर खाने दिन नै गर्न गरिन् ।

तीज गीत प्रतियोगिता गर्नाले वडावासीमा संस्कार संस्कृतीको संरक्षणमा ठूलो सहयोग पुगेको वडा अध्यक्ष किरण बरालले बताए । उनले यस्ता प्रतियोगिताले समाजमा जनचेतना र जागरण फैलाउन ठूलो सहयोग पुग्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महिला पनि हरेक कार्यमा अग्रपंतिमा रहेको चर्चा गर्दै कलाकार गौरी मल्ललाई देखाउँदै आज तीज कार्यक्रममा मल्लको उपस्थितिले सबैलाई उर्जा थपेको बताइन् ।

प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा अमर धिताल, सरस्वती परियार र केशव देवकोटा रहेका थिए ।

दुई सत्रमा सञ्चालन गरिएको कार्यक्रमको पहिलो शत्रमा अस्मिता बराल र दोस्रो सत्रमा वडा सदस्य रजनी परियार र समाजसेवी रामकुमारी पौडेलले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।