बिरामी बोकेको एम्बुलेन्स र बस एकापासमा जुध्दा ३ घाइते


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८१ मा प्रकाशित




पर्वत । पर्वतको कुस्मा नजिकै विरामी बोकेको एमबुलेन्स र बस एक आपासमा जुध्दा ३ जना घाइते भएका छन् ।

बुधबार अपरान्ह पर्वतको जलजला गाउँपालिका–७ बाट विरामी लिएर पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स र नरायणगढबाट कुस्मातर्फ जाँदै गरेको एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

पर्वतको कुस्मा नगरपालिका– २ स्थित पोखरा–बाग्लुङ सडकखण्डको अर्मादी भन्ने स्थानमा भएको दुर्घटनामा एम्बुलेन्समा सवार जलजला–७ का केशरी अधिकारी, गिता खत्री र भगवती खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको दुर्घटना स्थलमा रहेका ट्राफिक प्रहरी इन्स्पेक्टर हेमबहादुर बि.क.ले जानकारी दिए ।

दुर्घटनाका कारण थाहा हुन सकेको छैन । प्रहरीले बस चालक वर्ष ५७ का टीकाराम महतो र एम्बुलेन्स चालक वर्ष ३८ का धनबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बि.क.ले जानकरी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।