भदौ १९ पोखरा । पोखराको कालिका बहुमुखी क्याम्पस, काजीपोखरीमा आयोजित तीज गीत प्रतियोगितामा प्रतिक्षा रानाभाटको समुह प्रथम भएको छ ।
बुधबार नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा विद्यार्थी कल्याणकारी समितिले आयोजना गरेको प्रतियोगितामा रानाभाटको समूहले प्रथम स्थान प्राप्त गरेको हो ।
स्नातक तह शिक्षा संकाय चौथो वर्षका विद्यार्थीहरु सहभागि रानाभाटको समुहले १७ वटा समुहलाई पछि पार्दै प्रथम हुँदा सोनिया चोखालको समुह द्वितिय, कृति पौडेलको समुह तृतिय र मिनाक्षीको समुहले सान्त्वना स्थान प्राप्त गरे ।
उनीहरुले क्रमश रु ३ हजार, रु २ हजार ५ सय र १ हजार पाँच सय र प्रशंसा प्राप्त गरेको विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिहरु परम्परागत संस्कृति झल्किने गरी प्रस्तुत गरेको गीत, नाचँ र भेषभुषाका आधारमा क्याम्पसका उप–प्राध्यापकहरु जमुना बराल, माया देवी कुवँर र भावना तिवारीले विजेताको छिनोफानो गरेका थिए ।
कार्यक्रममा विजयी समुहलाई क्याम्पस प्रमुख बिरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्ग, शालिकराम तिमिल्सिना र आयोजक समितिका अध्यक्ष सपना श्रेष्ठले नगदसहित पुरस्कृत गरेका थिए ।
सो अवसरमा बोल्दै क्याम्पस प्रमुख बिरन्जी गौतमले प्रतियोगिताले विद्यार्थीको सृजनात्मक क्षमता वृद्धि हुनुका साथै संस्कृति संर्वद्धन हुने बताए । यसका साथै तीज गीतको माध्यमबाट समाजमा रहेका विकृति विसङ्गती विरुद्ध चेतना जगाउन प्रतियोगिता प्रभावकारी भएको बताए ।
निर्वतमान क्याम्पस प्रमुख रबीरन्द्रनाथ बास्तोलाले प्रतियोगितामा सहभागीहरुलाई आभार व्यक्त गरे । उनले यस्ता किसिमका प्रतियोगिताले विद्यार्थीको पढनपाठन संगसंगै सृजनशिलतामा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सचिव तेजेन्द्र के.सी. ले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।