भदौ २२ पोखरा । कवि चैतन्य अधिकारीले कविता सङ्ग्रह जुद्ध शमशेरका नाममा ल्याएकाछन् । जुद्ध शमशेरका नाममा कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण भएको छ ।
साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे । कवि चैतन्य अधिकारीले एक दसक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यस भन्दा अघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित छ । कविता सङ्ग्रह लोकार्पणपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे ।
साहित्यकार सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभा सम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबि भएको बताए ।
समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायाँमा कविताले चैतन्यको यात्रा थालेको र यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको बताए ।
तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताए । कवितामा तान र बान मिलेको हुनुपर्ने बताए । कविताको कुनै आकार नहुने भन्दै कवि चैतन्यका कवितामा पनि आकारको बन्देज नभएको बताए ।
सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि अधिकारीलाई तुलना गरे ।
कविता के हो ? किन लेखिन्छ र कविताले के दिन्छ ? भन्ने प्रश्नको उत्तर नभए पनि आँफु बाँचेको आभाष दिन पनि कविता लेख्छु भन्ने राय राखे । सूत्रमा लेखिन्छ भन्ने अभिव्यक्ती सुन्दै आए पनि आँफु अचेल छोटा कवितामा रमाउन थालेको बताए । शेखर पाराजुलीले स्रष्टा चिनारी राख्दै कवि चैतन्यलाई एकै पटक तीन वटा डुङ्गामा खुट्ठा राख्नसक्ने खुवी भएको जिकिर गरे । कृति समीक्षागर्दै कवि समालोचक सन्जीब पौडेलले चैतन्यलाई समसामयिक विषय चेतमा कलम चलाउन र आँफु छद्म रहेर समाजमा बिद्रोह गर्न कवितानै पढ्न उक्साउने स्रष्टाका रुपमा पाएको बताए ।
कार्यक्रममा पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाकापूर्व अध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, कौशल चन्द्र जी.सी.,रीता अधिकारी ऋतु, शिब त्रिपाठी लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल…






