तमु धिं रुपा गाँउपालिकाको अध्यक्षमा गेस बहादुर


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८१ मा प्रकाशित




भदौ २३ पोखरा । तमु धिं नेपालको संगठनात्मक विस्तार अन्र्तगत रूपा गाँउपालिका स्तरीय तमु भेलाले गेस बहादुर गुरुडको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल रुपा गाँउपालिका कार्यसमिति गठन गरेको छ ।

रुपा गाँउपालिका वडा नं ६ मोहोरियास्थित मोहोरिया तमु धिंमा सम्पन्न भेलाले कार्यसमितिको उपाधक्षमा जानकी गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिवमा धनवहादुर गुरुङ, कोषाध्यक्षमा बिभा गुरुङ, सहकोषाध्यक्षमा सुष्मा गुरुङ, सदस्यहरुमा बबिता गुरुङ, बुद्धि गुरुङ, फसेल गुरुङ, सकुन्धरा गुरुङ, गंगा गुरुङ, जसवहादुर गुरुङ, विष्णु गुरुङ, बुद्धिमाया गुरुङ, धनवहादर गुरुङ, चुनमाया गुरुङ, हिरा गुरुङ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गेसबहादुर गुरु‌ङले प्रतिवद्धता व्यक्त गर्दै रुपा गाँउपालिकामा बसोबास गर्ने सम्पूर्ण तमुहरुलाई संगठित गर्दै अघि बढ्ने बताए ।

कार्यसमिति गठनका लागि सिद्वार्थ तमु समाजका अध्यक्ष सुबेदार केहर सिंह गुरुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यकमका प्रमुख अतिथि रुपा गाँवपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले तमुहरुको एकता, संगठित शक्तिबाटै सामुदायिक हित र अधिकार प्राप्ति हुने बताए ।

कार्यक्रममा रुपा ६ का वडाध्यक्ष नारायण गुरुङ, जिल्ला समन्वय समिती सदस्य क्या.हर्कबहादुर गुरुङ, मोहोरिया तमु धिँका अध्यक्ष सु.उत्तर बहादुर गुरुङ , सिद्धार्थ तमु समाजको उपाध्यक्ष टिकबहादुर गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
पालिकास्तरमा तमु धिं गठनको बारेमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले प्रष्ट्याएका थिए ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र सचिव जुमकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।