सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८१ मा प्रकाशित




भदौ २५ पोखरा । लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार एक कार्यक्रमका विच पदस्थपान गराईएको छ ।

अधिवेशनबाट दुई वर्षे कार्यकालका केन्द्रको अध्यक्षमा चयन भएकी गंगा कुमारी खनाल चयन भएकी थिइन् । समितिको उपाध्यक्षमा कृष्ण सुवेदी,सचिवमा बिनोद बहादुर थापा,सह सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझालाई चयन गरेको हो । यसैगरि समितिको सदस्यहरुमा नवराज पौडेल,सुमित्रा वञ्जरा,सन्तोष सुर्खेली,रामकृष्ण खनाल,गोविन्द वाग्ले,अर्जुन मल्ल र सुवास कडेल सर्वसम्मत चयन भएका थिए ।

अध्यक्षमा चयन भएकी खनाल लेखनाथ सामुदायिक सेवा केन्द्रको ईतिहासमा पहिलो पटक महिला अध्यक्ष पदमा पुग्न सफल भएकी हुन् । अध्यक्ष खनालले विगत ११ वर्ष देखि केन्द्रमा साधारण सदस्यदेखि पदाधिकारीसम्मका विभिन्न जिम्मेवारीहरु सम्हालेको अनुभव रहेको छ ।

खनाल सहितको टिमलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले पदस्थापन गराइन् ।


पदस्थापन समारोहमा बोल्दै डि आइ जी सिंहले निस्वार्थ सेवा भावले गरिने काम नै समाजसेवा भएकाले समाजका जो कोही अगुवाहरु पनि सेवा केन्द्रमा रहेर बर्दी बिनाको पुलिस भएर देश,राष्ट्र र समाजका लागि काम गर्न सक्ने बताइन् ।

प्रहरी प्रशासन वर्दी लगाएर शान्ति सुरक्षा कायम गर्ने काममा लागिपरेका हुन्छन भने नागरिकहरु वर्दि विनाका प्रहरी भएर समाजमा व्याप्त बिकृती, विशंगती, लागुऔषधको रोकथाम तथा अपराधजन्य घटनाको न्यूनिकरणका लागि काम गर्न सकिने बताइन् ।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा, सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति समितिका अध्यक्ष भीम पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र समितिका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगयतले सबैको साथ र सहयोगले परिकल्पना गरेको समाज निर्माण गर्ने सकिने विचार राखेका थिए ।

समितिका उपाध्यक्ष कृष्ण सुवेदी ले स्वागत र कार्यक्रमको संचालन सह–सचिव कृष्ण रिजालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।