स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८१ मा प्रकाशित




स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन् । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ । एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए ।

स्याङ्जाका ११ पालिकामध्ये हाल तीनवटा पालिकामा दुईरदुई, सातवटा पालिकामा एकरएक वटा र एउटा पालिकामा हुलाक कार्यालय छैन । स्याङ्जाको पुतलीबजार नगरपालिका, आँधीखोला र हरिनास गाउँपालिकामा दुईरदुईवटा हुलाक कार्यालय रहेको उनले बताए । “एउटै पालिकामा दुई-दुईवटा रहेका कार्यालयमध्येबाट एउटा मात्रै राखिने छ,” उनले भने, “एकरएकवटा भएका पालिकामा तिनैबाट सेवा दिइने र नभएको पालिकामा कार्यालय स्थापना गर्छौं ।”

पुतलीबजार नगरपालिकामा जिल्ला हुलाक र कोल्मामा इलाका हुलाक कार्यालय छ । पुतलीबजारमा कोल्मा इलाका हुलाक कार्यालय हटाइने भएको हो । त्यस्तैगरी, आँधीखोला गाउँपालिकामा रङ्गेठाँटी इलाका हुलाक कार्यालय र पञ्चमूल इलाका हुलाक कार्यालय छन् । आँधीखोलाको पञ्चमूल इलाका हुलाक कार्यालय हटाइने भएको हो । हरिनास गाउँपालिकामा क्याक्मी र किचनासमा इलाका हुलाक कार्यालय रहेकामा क्याक्मी इलाका हुलाक कार्यालय हटाइने भएको उनले जानकारी दिए ।

बिरुवा गाउँपालिकामा एउटा पनि इलाका हुलाक कार्यालय नभएकाले हुलाक पुनः संरचनाअनुसार आगामी असोजबाट कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने भएको हो । नयाँ पुनः संरचनाअनुसार हुलाक कार्यालय सञ्चालनका विषयमा स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।