पोखरा, भदौ ३०
पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ७०० मत गणना सकिएको छ । जारी मत गणनामा ७०० मतगणना सम्पन्न हुँदा देवेन्द्र प्रजु ५२३ मत ल्याएर पहिलो स्थानमा छन् भने सौगात थापा ५१५ मत ल्याएर दोश्रो, ललितबहादुर कुँवर ५०९ मत ल्याएर तेश्रो, भीम गौतम ५०० मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, दूधमान गुरुङ ४९६ मत ल्याएर पाँचौ, जीवनप्रकाश श्रेष्ठ ४८७ मत ल्याएर छैटौं, रामचन्द्र तिमिल्सिना ४७८ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ४७४ मत ल्याएर आठौं, विनोद केसी ४७२ मत ल्याएर नवौं र टीकाराम सुवेदी (माधव)ले ४६५ मत ल्याएर दशौं स्थानमा छन् ।
त्यस्तै, लेखनाथ सुवेदी ४३५, विष्णुप्रसाद तिमिल्सिना ४२७, यादवप्रसाद पोखरेल ४२४ र प्रेमप्रसाद सुवेदीले ४२१ मत प्राप्त गरेका छन् ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







