पोखरा उद्योग वाणिज्य संघको चुनाव : १५०० गणना गर्दा कसले कति पाए ?


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ३०

पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको १५०० मत गणना सकिएको छ । जारी मत गणनामा १५०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर ११०५ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १०९४ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १०७८ मत तेश्रो, दूधमान गुरुङ –आशिष) १०५१ मत ल्याएर चौथो र भीम गौतम १०४६ मत ल्याएर पाचौं स्थानमा छन् ।

रामचन्द्र तिमिल्सिना १०१० मत ल्याएर छैटौं स्थानमा रहँदा जीवनप्रकाश श्रेष्ठ १००७ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ९९७ मत ल्याएर आठौं, टिकाराम सुवेदी (माधव) ९९३ ल्याएर नवौं र विनोद केसी ९६० मत ल्याएर दशौं स्थानमा छन् ।

त्यस्तै, यादवप्रसाद पोखरेल ९४५, लेखनाथ सुवेदी ९२१, प्रेमप्रसाद सुवेदीले ९१६ र विष्णुप्रसाद तिमिल्सिनाले ९०४ मत प्राप्त गरेका छन् ।

संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जना प्रतिष्पर्धामा छन् ।

संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, , पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भएका छन् । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४÷१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।