भदौ ३१ पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका विन्दु कुमार थापाले उक्त वार्षिक प्रतिवेदन सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक पाण्डेलाई हस्तान्तरण गरेका हुन् । मुख्यन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरे संगै मुख्यमन्त्री पाण्डेले उक्त प्रतिवेदन सार्वजनिक समेत गरे ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्य, परिषदका सदस्य केशव पाठकको सहभागिता रहेको थियो ।
परिषदले तयार पारेको वार्षिक प्रतिवेदनमा परिषदले आर्थिक वर्ष २०८०र०८१ मा गरेका सम्पादित कार्यक्रमहरु, परिषदको संगठनात्मक संरचनाहरु र वार्षिक बजेट, उपलव्धि,चुनौती र भावी योजनाहरु लगायतका विषयहरु समेटिएका छन् ।
परिषदले प्रकाशित गरेको उक्त प्रतिवेदनको सम्पादन मण्डलमा परिषदका सदस्य केशव पाठक संयोजक तथा सदस्यहरुमा महाशाखा प्रमुख राम प्रसाद आचार्य, अधिकृत तोपलाल भुसाल र लेखा अधिकृत निलकण्ठ ढकाल रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







