पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आइतबार मध्यरातीबाट लागु हुनेगरि मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा चार रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ ।
मूल्य घटेसँगै अब पोखरामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएसँगै मूल्य समायोजन गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







