पोखरा, भदौ ३१
गण्डकी प्रादेशिक क्रिकेट संघको साधारण सभामा खेलाडीहरुलाई सम्मान गरिएको छ । संघले साधारण सभाको अवसरमा क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजारसहित सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुन् भने डुम्रे नवलपुरका हुन् ।

त्यस्तै संघले महिला एसिया कप त्रिकेटमा नेपाली टिमको सहायक प्रशिक्षका रुपमा रहेका गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक रिजन प्रजुलाई सम्मान गरेको छ । वागमती अन्तर प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी भएर फर्किएको गण्डकी प्रदेश टिमका १४ जना खेलाडी तथा प्रशिक्षक रिजन प्रजु र ब्यबस्थापकलाई जनहि ५÷५ हजार तथा सो प्रतियोगिताका लागि छनौट भई क्लोज क्याम्पमा बसेका थप १० जनालाई जनहि २÷२ हजार रुपैयाँले सम्मान गरिएको थियो ।
यसैगरी संघले मैयादेवी क्रिकेट प्रतियोगिताको उपबिजेता बनेर आएका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाईपनि ५÷५ हजारसहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।
साधारण सभाको अवसरमा संघले प्रशिक्षक कोर्षको लेभल टु सकेर आएका रिजन प्रजु र अम्पायर कोर्ष सकेर पहिलो महिला अम्पायर बन्न सफल सोनिका थापालाई प्रशंसा पत्र प्रदान गरेको छ ।
सो अवसरमा संघले गण्डकीका ११ वटै जिल्लालाई स्पोर्टस् किट हस्तान्तरण गरेको छ । क्रिकेट खेलाडीलाई प्रतियोगिताको तयारी गर्न सहज होस् भनेर संघले स्पोर्टस् किट वितरण गरेको हो ।
साधारण सभामा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले क्रिकेटको विकास र बिस्तारका लागि सरकारले सहयोग गर्ने बताए । उनले खेलकुदबाटै आयआर्जन गर्न सकिन्छ र यसमा भविष्य छ भन्ने बनाउन सबैको सहयोग आवश्यक रहने बताए ।
गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलकुदको प्रशासक शासकजस्तो देखिएको भन्दै यसले खेलकुदको विकासमा बाधा उत्पन्न हुँदै आएको बताए । यसलाई सुधार्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा राखेप बोर्ड सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, नेपाल क्रिकेट संघ (क्यान)का सदस्य सुदीप शर्मा, संघका गण्डकी उपाध्यक्ष प्रकाश पौडेललगायतलेपनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







