भदौ ३१ पोखरा । संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित सामुदायिक वनलाई रोजगार सिर्जना गर्दै समृद्धिको आधारका रुपमा उपयोग गर्नु पर्नेमा कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा आजदेखि पोखरामा शुरु भएको स्थानीय महासंघका पदाधिकारीका लागि आयोजित दुई दिने वन सम्वन्धी कानूनी क्षमता अभिवृद्धि तालिमका सहभागिले वन पैदावार उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै महासंघले उपभोक्ताका हक, अधिकार स्थापित गर्न निरन्तर पैरवी गर्दै आएको बताए ।
महासंघमा हाल २३ हजार २६ सामुदायिक वन समुहका लगभग ३५ लाख घर परिवारले २४ लाख भन्दा बढी हेक्टर वन क्षेत्रलफलको व्यवस्थापन गर्दै आएको बताउँदै उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागिलाई अनुरोध गरे ।
नेपाल सरकारले प्रदान गरेको अवसरको भरपुर उपयोग गर्दै मुलुकका सम्पूर्ण वन उपभोक्ता समुहलाई स्थायी लेखा नंम्वर लिन आग्रह गर्दै उनले वनमा आधारित उद्यम सञ्चालन गर्नेतर्पm लाग्नु पर्ने आवश्यकता औल्याए ।
महासंघका केन्द्रीय सदस्य दोवबहादुर कार्कीले वन पैदावार उपयोगमा नीति गत समस्या रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याए । वन समुहमा सुशासन र पारदर्शिताको खाँचो रहेको उनको भनाई थियो ।
तालिममा प्रदेश महासंघका अध्यक्ष कालीदास सुवेदी, महासंघका कानूनी सल्लाहकार डिलराज खनाल, थाउजेन्ट करेन्ट परियोजनाका अनिता वन्तले तालिममा प्रशिक्षण दिएका थिए ।
महासंघका महासचिव आँशु विश्वकर्मा र सदस्य लक्ष्मी अधिकारी सुवेदीले नेपालको वन क्षेत्रको बृद्धि, मानव वन्य जन्तु द्वन्द लगायतले उपभोक्तामा परेको समस्या र राज्यले गरेको व्यवस्थाकाबारेमा प्रकाश परेको तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौवटा जिल्लाका स्थानीय महासंघका अध्यक्ष र सचिव सहित ५० जनाको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







