भदौ ३१ पोखरा । परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा अम्मर परियार, सह–सचिवमा रमेश परियार र कोषाध्यक्षमा सरस्वती परियार निर्वाचित भएका छन् । समितिको सदस्यमा शान्तिदेवी परियार, भक्त परियार, तोपबहादुर परियार, पदम परियार, बिरु परियार, तीर्थ परियार, हेमा परियार, सम्झना परियार, जुनकिरी परियार, कृष्ण परियार र गोमा परियार रहेका छन् ।
अधिवेशनको उद्घाटन परियार सेवा समाजका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक डीबी परियारले गरेका थिए । अधिवेशनमा संविधानसभा सदस्य टेकु नेपाली, समाजकी केन्द्रीय तदर्थ समिति सदस्य प्रेमदेवी परियार, राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति सदस्य लालबहादुर परियार लगायतले परियारको एकतामा जोड दिएका थिए ।
उक्त अवसरमा समाजले अधिवक्ताद्वय कुञ्जनी परियार र इश्वर परियारलाई सम्मान समेत गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







