पोखरा । पोखराको प्रस्र्याङमा गुड्दै गरेको एक मोटरसाइकलमा आगलागी भएको छ ।
अरुण पौडेलले हुइक्याएको बजाज कम्पनीको ग २० प ३७२१ नम्वरको एनएस–२०० मोटरसाइकल प्रस्र्याङ फिर्के पुल (बोटल नेक) नजिकै गुड्दा गुड्दै अचानक आगलागी भएको हो । बिहीबार साँझ करिव ८ बजे उक्त घटना भएको हो ।
एभरेस्ट आवाजसँग कुरा गदै चालक पौडेलले भने, ‘पसलबाट भाईलाई घर छोड्न जाँदै थिए । अचानक आगलागी भयो । के भएर भयो भयो । केही भन्नै सकिन । ’
आगलागी भएको केही समयपछि आएको महानगरपालिकाको दमकलको सयोगमा मोटरसाइकलको आगो निभाइएपनि जलेर पूर्णरुपमा क्षति छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







