पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । नेता अधिकारीकी ६० वर्षिय आमा दुर्गादेवी अधिकारीको शुक्रबार बिहान निधन भएको हो ।
विसं २०२१ साल असोज ९ गते हालको पोखरा १८ मेथ्लाङमा जन्मिएकी अधिकारीले १० वर्ष अघि श्रीमान गुमाएकी थिइन् ।
सामान्य उपचारका लागि शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी अधिकारीको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वर्गीय अधिकारीको आजै स्थानीय गोस्तेघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोरा अर्जुन अधिकारीले दागबत्ती दिए । स्वर्गीय अधिकारीका छोरा अर्जुन र २ छोरी छन् ।
यसअघि अधिकारीको पार्थिव शरीरमा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारी, नेता मायानाथ अधिकारी भीमबहादुर कार्कीले पाटीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गोस्तेघाटमा भएको श्रद्धाञ्जली सभामा एमाले नेता जगत विश्वकर्मा, कास्की अध्यक्ष वैनबहादुर क्षेत्री, जिल्ला समवन्य कास्कीका प्रमुख लिलाधर पौडेल, नेता दिपक पौडेल, शोभामोहन पौडेल, पोखरा महानगर अध्यक्ष जीवन आचार्य , पोखरा १९का वडाध्यक्ष पुष्पेन्द् पाण्डे, लगायतले श्रद्धान्जली व्यक्त गरेका थिए । स्वर्गीय अधिकारीको शवमा स्थानियले फुल माला चढाएर अन्तिम विदाई गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







