पोखरा । राईट फर चिल्ड्रेनको १२औं वार्षिक साधारण सभा एक औपचारिक कार्यक्रम सहित पोखरामा सम्पन्न भएको छ ।
सभामा संस्थाका कार्यक्रम तथा परियोजनाका बारेमा साधारण सभामा पदाधिकारी तथा सदस्यहरूलाई अभिमूखिकरण गरिनुपर्ने, कार्यक्रमहरूका गतिविधि कार्यक्षेत्रमै गएर नियमित रुपले अनुगमन हुनुपर्ने लगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
राईट फर चिल्ड्रेन कार्यकारिणी समितिका उपाध्यक्ष तिलरुपा भुजेलले कार्यक्रममा उपस्थित सदस्य तथा आमन्त्रित सहभागीहरूलाई स्वागत गरेको कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा अध्यक्ष दिपेन्द्र राई, सल्लाहकार जयन्द्र गौचन तथा प्रमुख कार्यकारी अधिकृत कृति श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए । ।
चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन तथा आगामी आ.व.२०८१/८२ का मुख्य कार्यक्रमहरूका बारेमा संस्थाका अध्यक्ष राईले प्रस्तुत गरेका थिए । आ.व. २०८०/८१ को आर्थिक प्रतिवेदन र आगामी आ.व. २०८१/८२ का लागि बजेट तथा योजनाहरू भने संस्थाका कोषाध्यक्ष शंकर बुढाले प्रस्तुत गरे । साधारण सभामा प्रस्तुत प्रस्तावहरू उपर पदाधिकारी तथा सदस्यज्यूहरू बिच दफाबार छलफल भई सर्वसम्मतिले पारित भए ।
संस्थाका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन संस्थाकी कर्मचारी लक्ष्मी गौतमले गरेकि थिइन् । साधारण सभामा संस्थाको कार्यकारिणी समितिका पदाधिकारीहरू, साधारण सदस्य, सल्लाहकार तथा संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







